कैलालीमा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न
कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएको छ।
जिल्लाका १ सय २६ वटै वडामा अधिवेशन भएको पार्टीले जनाएको छ । पार्टीले शनिबार देशभर एकै पटक वडा अधिवेशन तोकेको थियो।
सुदूरपश्चिमका ९ वटै जिल्लाका विकटबाहेक अन्य सबै वडाहरुमा पार्टीको अधिवेशन सम्पन्न भएको माओबादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रको कैलाली र कञ्चनपुरमा अधिकांश वडाहरुमा अधिवेशनबाट नयाँ कमिटी सर्वसम्मत चयन भएको पार्टीले जनाएको छ।
४ मंसिर २०७८, शनिवार १७:४० बजे प्रकाशित












