Hotel Flora Long Ad

उपराष्ट्रपति ह्यारिस बनिन् अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतिको अधिकार पाएकी छन् ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ ।

यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेजी छन् । उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो।

अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस दक्षिणी एसियन-अमेरिकन महिला हुन् ।


४ मंसिर २०७८, शनिवार ०९:३७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु