punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

न्यायाधीश चुडाल बसे इजलासमा,अरु न्यायाधीश छलफलमा

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु सोमबार छलफलमै रहेका बेला न्यायाधीश कुमार चुडालले भने मुद्दा सुनुवाइ गरेका छन् ।

सोमबार सर्वोच्च अदालत पुगेका अरु न्यायाधीश छलफलमा रहेका कारण इजलासमा नबसेका बेला न्यायाधीश चुडालको इजलासले भने एक बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

रुकुम पूर्वको जिल्ला अदालतले गरेको एक आदेशविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका छन् । जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । उनले आफू र न्यायाधीश चुडालको संयुक्त इजलास पनि तोकेका छन् ।


२२ कात्तिक २०७८, सोमवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु