punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

Chaupati
safha napa

डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दिपायलबाट डडेल्धुरा जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले के।आई।सिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका–८ गोपघाटमा बुधबार दिउँसो करिब १ बजे कार्कीलाइ ठक्कर दिएको थियो।

घटनापछि मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


१८ कात्तिक २०७८, बिहीवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु