नदीमा नुहाउँने क्रममा डुबेर दुई किशोरको मृत्यु
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार काडाँ नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको हो।
नदीमा नुहाउन गएका उनीहरू नफर्किएपछि इलाका प्रहरी कार्यालय (भजनी) बाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारेको हो।
१४ कात्तिक २०७८, आइतवार ०७:४९ बजे प्रकाशित












