हतियार प्रहरी गरि किशोरको हत्या, एकजना पक्राउ

प्रहरीले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेको छ ।

जिल्लाकाे भजनी नगरपालिका वडा नम्बर ३ ठेकीपुरका दलबहादुर साउदको छोरा बर्ष १८ को किरण साउदलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

किरण र टिकापुर नगरपालिका वडा नम्बर ८ कालीमाटीका लोकबहादुर साउदको छोरा बर्ष १८ को अनुप साउदबीच साेही स्थानमा बादबिबाद भई झगडा हुँदा किरणले अनुपलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

घाइते साउदकाे टिकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको हाे । घटनामा संलग्न किरणलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


१३ कात्तिक २०७८, शनिवार ०९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु