सेती अस्पतालमा ९ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४४ जनाको नमूना परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन । भने १ जना अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।
३ कात्तिक २०७८, बुधवार १४:०६ बजे प्रकाशित












