कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।
साथै स्थानीय प्रशासनले नगरपालिकाको वडा नम्बर १ र १२ का स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
३ कात्तिक २०७८, बुधवार ०७:३२ बजे प्रकाशित












