सुनको मूल्य बढ्‍यो

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।

 


१ कात्तिक २०७८, सोमवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु