punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फलामे छडको मूल्य घट्यो

Chaupati
safha napa

छडमा लाग्दै आएको अन्तःशुल्क सरकारले हटाएसँगै फलामे छडको मूल्य घटेको छ। नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क सरकारले छुट दिएकाले छडको मूल्य घटाइएको जनाएको छ।

संघले विज्ञप्ति जारी गरेर संघमा आबद्ध उद्योगलाई छडमा प्रति किलो चार रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको हो।सरकारले बजेटमै भन्सारसँगै अन्तःशुल्कमा छुट दिएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको अध्यक्ष साहिल अग्रवालले जानकारी दिए।

‘नेपाल सरकारले गएको भदौ २५ गते ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको हामी स्वागत गर्दछौँ। यो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रति केजी चार रुपैयाँले घट्न जाने जानकारी गराउदछौँ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र त्यसबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी चार रुपैयाँ घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ।’

मूल्य नघटाउँदा अहिले बजारमा छड क्वीन्टल खुद्रा झण्डै नौ हजार पाँच सयमा कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन्।


१९ असोज २०७८, मंगलवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु