धनगढीका ६० जनाले लिए प्लम्बिङ्ग, प्लास्टर र हाउस वायरिङ्ग तालिम
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र २ का कोभिड–१९ बाट प्रभावितहरुको लागि पारिवारिक खेती सबलीकरण तथा जिविकोपार्जन सुधार परियोजना कार्यक्रम सम्पन्न भएको छ ।
याक नेपालको आयोजनामा उपमहानगरपालिकाको वडा नम्बर १ र २ का ६० जना युवायुवतीहरुलाई १६० घण्टे प्लम्बिङ्ग, प्लास्टर र हाउस वायरिङ्ग तालिम दिइएको याक नेपालका अध्यक्ष डबल बहादुर रावलले बताए ।
लि–बर्ड, जर्मन सहयोग र जिआइएजेडको सहयोगमा संचालन गरिएको उक्त तालिममा सहभागीहरुलाई धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले निर्माण सामाग्री हस्तान्तरण गरेका छन ।
सामाग्री हस्तान्तरण गर्दै मेयर वडले तालिममा सहभागीहरुलाई आफुले प्राप्त गरेको सिपको सहि सदुपयोग गर्न आग्रह गरे ।
उनले सम्पुर्ण सहभागीहरुलाई नगरका घरघरमा सेवा दिने गरि लाग्न अनुरोध गरे ।धनगढी उपमहानगरपालिकाका ३ स्थानबाट दैनिक सेवा दिने उद्देश्यले धनगढीको चौराहा, पार्क चोक र क्याम्पस रोडमा दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म प्लम्बर, हाउस वायरिङ्ग लगायतका काम गर्नेहरू जम्मा गरेर आफुलाई आवश्यक पर्ने कामदार लिएर जाने ब्यबस्था मिलाउन लागेकोएयर वडले बताए ।
उनले आफुले जानेको सिपको बारेमा धनगढी उपमहानगरपालिकामा जानकारी गराउन आग्रह समेत गरेका छन ।
१५ असोज २०७८, शुक्रवार १५:५५ बजे प्रकाशित






























