कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु
कञ्चनपुरका एक कोरोना संक्रमितको धनगढीमा मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिका – ७ का ८४ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो।
स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाइ उपचारका लागि सेती अस्पताल लगिएको थियो।
थप उपचारका लागि सेती अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा बिहिबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
१४ असोज २०७८, बिहीवार १२:४३ बजे प्रकाशित













