कैलालीमा छाउरा सहित चितुवा फेला
कैलालीमा छाउरा सहित चितुवा भेटिएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा दुई वटा छाउराका साथमा चितुवा देखा परेको हो ।
घोडाघोडी नगरपालिका – ११ मा रहेको श्री रामजानकी सामुदायिक बन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।
घोडाघोडी क्षेत्रमा छाउरा सहित चितुवा देखिएको यो पहिलो पटक रहेको सब डिभिजन वनका कर्मचारी जुगराम चौधरीले बताए । सामुदायिक वनमा चितुवा बच्चा सहित देखा पर्दा सामुदायिक वनका पदाधिकारी खुसी देखिएका छ्न ।
चोरिसिकारी हुन नदिन सामुदायिक वनमा ती छाउरा बस्ने उचित वातावरण भएको समुहका उपभोक्ता शान्ती चौधरीले बताईन् ।
वन क्षेत्रले भरी पुर्ण रहेको सो क्षेत्रमा चितुवा,बाघ ,घोरल ,निल गाई लगायतका जनावरहरु ओहोरदोहोर गर्ने गरेको सब डिभिजन वन कार्यलयका प्रमुख समीर थापाले बताए ।
१४ असोज २०७८, बिहीवार १०:१७ बजे प्रकाशित













