शैल्यशिखर नगर सभापतिमा साउद निर्विरोध

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिमा मोहनसिंह साउद निर्विरोध चयन भएका छन् । नगर सभापतिको लागि चार जनाले उम्मेदवारी दर्ता गरेकोमा आइतबार सहमतिमै साउँदलाई निर्विरोध चयन गरिएको हो ।

शैल्यशिखर नगरपालिकाको प्रथम नगर सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए ।यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ ।

सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ । सभापतीमा मोहनसिंह साउदलाई चयन गर्ने सहमती भएको छ भने अन्य पदहरुमा सहमतिमै टुंग्याउने काग्रेस शैल्यशिखरले जनाएको छ ।


१० असोज २०७८, आइतवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु