कर्मचारी काँग्रेसको अधिवेशनमा व्यस्त, सेवाग्राहीले वडा कार्यालयमा गरे तालाबन्दी

बाजुराको त्रिबेणी नगरपालिका वडा नम्बर ४ को कार्यालयमा सेवा नपाएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् । कर्मचारी काँग्रेसको अधिवेशनमा गएपछि सेवा नपाएको भन्दै सेवाग्राहीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कार्यालयमा कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी नभएपछि सेवा प्रभावित बनेको छ । आइतबार कार्यालय समय सुरु भएदेखिनै कर्मचारी कार्यालयमा नआएपछि सेवा कार्यालयमा तालाबन्दी गरेको आक्रोशित सेवाग्राहीले बताएका छन् ।

वडा कार्यालयका पाँच जना कर्मचारीमध्ये चार जना नेपाली काँग्रेसको नगर अधिबेशनमा गएका र १ जना कार्यालय सहयोगी मात्रै कार्यालयमा रहेको उनीहरुको भनाई छ ।

वडाध्यक्ष कालु साउँदले भने काँग्रेस सम्बद्ध भातृ संगठनमा आबद्ध एक जना कर्मचारी मात्रै काँग्रेसको अधिवेशनमा आएको र एक जना प्राविधिक फिल्डमा गएको् बताए । उनले तालाबन्दी नै नभएको दाबी गरे ।

‘म र एक जना कर्मचारी मात्रै अधिवेशनस्थलमा आएका छौं,’ उनले भने , ‘प्राविधिक फिल्डामा गएका छन्, कार्यालय सहयोगी कार्यालयमै छन् ।’ उनले कार्यालयमा तीन जना मात्रै कर्मचारी भएको बताए ।

 

 


१० असोज २०७८, आइतवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु