धनगढीमा आजदेखि कोरोनाको पहिलो मात्राको भेरोसिल खोप लगाइँदै
धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा आइतवार (आज) देखि कोभीड–१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लाउने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड–१९ विरुद्धको भेरोसिल खोप लाउने कार्यक्रम रहेको बताए । खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको उनले बताए ।
आइतवार देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको उनले जानकारी दिए ।
बिद्यार्थीको हकमा बिधालय तथा विश्व बिधालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।वडानम्बर १८ र १९ भने असोज ११ र १२ गते खोप लाउने उनले बताए ।

१० असोज २०७८, आइतवार १२:५१ बजे प्रकाशित













