एक महिनामा मानव अधिकार उल्लङ्घनका घटनामा १ सय २ जना पीडित
इन्सेकले भदौ महिनामा १५ जना पुरुष र ८७ जना महिला गरी १ सय २ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकका अनुसार प्रदेश २ मा २५, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा १५ जना, गण्डकी र बागमती प्रदेशमा १३÷१३ जना, प्रदेश १ मा १० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना पीडित भएका हुन् ।
भदौ महिनामा अपहरणका घटनामा दुई जना, कुटपिटका घटनामा दुई जना, घाइते एक जना, दुर्व्यवहारका घटनामा चार जना र धम्कीका घटनामा दुई जना पीडित भएको इन्सेकले जनाएको छ ।
भदौ महिनामा नौ जनाको हत्या गरिएको र बाल अधिकार उल्लङ्घनका घटनामा ४७ जना तथा महिला अधिकार उल्लङ्घनका घटनामा ३५ जना पीडित भएका छ्न् ।
त्यस्तै बाल अधिकार उल्लङ्घनका घटनामा परी ४६ जना बालिका र एक जना बालक गरी ४७ जना बालबालिका पीडित भएको इन्सेकले जनाएको छ । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३८ जना, यौन दुर्व्यवहारका घटनामा ६ जना, बेचबिखन प्रयासको घटनामा एक जना र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका इन्सेकले जनाइएको छ ।
८ असोज २०७८, शुक्रवार ०९:३८ बजे प्रकाशित












