लेकममा प्रहरी चौकी स्थापना

दार्चुलाको लेकम गाउँपालिका सदरमुकाम रातामाटामा प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिका केन्द्रको नयाँ प्रशासनिक भवन निर्माणस्थलमा स्थायी रुपमा प्रहरी चौकी स्थापना भएको हो । यसअघि गाउँपालिका केन्द्र खरकडामा रिठाचौपाताबाट अस्थायी रुपमा प्रहरीले ड्युटी गर्दै आएका थिए ।

प्रहरी चौकीको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले उद्घाटन गरे । वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष कृष्णरा पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

लेकम गाउँपालिकाको केन्द्र तथा हुनैनाथ माबि रातामाटानजिक प्रहरी चौकी स्थापना गरिएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चूनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताए ।

रातामाटामा प्रहरी चौकी स्थापनाको लागि यसअघि गाउँपालिकाले माग गरेको थियो । गाउँपालिकाको मागको आधारमा जिल्ला सुरक्षा समितिले सिफारिससाथ गृहमन्त्रलाई अनुमति माग गरेपछि चौकी स्थापना भएको हो ।


८ असोज २०७८, शुक्रवार ०९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु