अत्तरियामा प्रमोद खरेल आउदैँ

कैलालीको अत्तरियामा प्रमोद खरेल आउने भएका छन् । अत्तरियामा रहेको सुबिधा सम्पन्न होटल नमस्ते होटलमा यही असोज २२ गते हुन गैरहेको दशैतिहार विषेश सांस्कृतिक कार्यक्रममा सहभागी हुन प्रमोद खरेल आउने भएका हुुन् ।

होटल र यस क्षेत्रमा लामो समय देखि यस क्षेत्रको कला र संस्कृतिलाई जगेर्ना गर्दै डान्स सिकाउदै आएको क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजनामा सांगितक कार्यक्रक हुने भएको हो ।
आयोजक ले अत्तरियामा पत्रकार सम्मेल गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको अवसर पारेर यस क्षेत्रको कलासंस्कृतिको जोर्गेना गर्नाका लागि एक दिने बिषेश सास्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक नमस्ते होटलका संचालक लक्ष्मण धामीले जानकारी दिए ।

उनले उक्त कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपालकै चर्चित तथा लोकप्रिय गायक प्रमोद खरेल रहने बताए । नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम राखिएको छ । साँझ ५ बजेदेखि राति ९ बजे सम्म संचालन हुने उक्त कार्याक्रममा सहभागिता जनाउनेहरुका लागि आजैवाट टिकट बुकिङ खुल्ला गरिएको उनले बताए ।

उक्त कार्यक्रममा सहभगि हुनका लागि १५ सयको टिकट शुल्क तोकिएको संचालक धामीले बताए ।गायक खरेलसंगै क्युरिक्स डान्स स्टुडियोका कलाकारसंगै अन्य स्थानीय प्रतिभाहरुलाई पनि सहभागी गराइने उनले बताए । उनले एक दिन भएपनि दिनभरिका थकानलाई मेट्नका निमित्त कार्यक्रममा सहभागी कार्यक्रमको शोभा बढाइदिन सबै लाई आग्रह गरेका छन् ।


६ असोज २०७८, बुधवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु