पत्रकार पनेरुलाई ज्यान मार्ने धम्की

बाजुराको बडिमालिका नगरपालिका कि उपमेयर कविता विष्टको बारेमा प्रकाशित भएको समाचारको विषयलाई लिएर उनका श्रीमानले पत्रकारलाई ज्यानमार्ने धम्की दिएका छन् ।

उपमेयरका श्रीमान विपिन विस्टले धनगढीस्थित दिनेश एफएमका सम्पादक नवराज पनेरुलाई अश्लील गाली गर्दै मार्ने धम्की दिएका हुन् ।

‘महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख एजेन्सीको समाचार प्रकाशित गर्दा ज्यान मार्ने धम्की आएको हो’, पत्रकार पनेरूले भने । उनका अनुसार ‘उपप्रमुख विस्टको वार्षिक मोबाइल खर्च ७२ हजार’ शीर्षकमा समाचार छापिएको थियो ।

समाचारको विषयलाई लिएर पत्रकार पनेरुमाथि आएको ज्यान मार्ने धम्की सम्बन्धी घटनाको नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध विभिन्न संघ–संगठनले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम, नेपाल पत्रकार महासंघ कैलाली, प्रेस युनियन, प्रेस चौतारी, नेपाल खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार महासंघ सुदूरपश्चिमलगायतले विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका छन् ।

समाचारका विषयमा चित्त नबुझे कानूनी निकायहरु हुँदा हुँदै पत्रकारलाई धम्की दिइएको भन्दै त्यसमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने विज्ञप्तिमार्फत प्रशासनसमक्ष माग गरिएको छ ।


६ असोज २०७८, बुधवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु