भारतमा २ सय अर्ब रुपैयाँको तीन टन हेरोइन बरामद

गुजरातको एउटा बन्दरगाहबाट करिब तीन टन हेरोइन बरामद गरेको भारतीय अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानबाट आएको भनिएको सो लागूऔषधको मूल्य करिब २ सय अर्ब भारतीय रुपैयाँ बताइएको छ।

भारतको तस्करीविरुद्ध परिचालित एजेन्सी डीआरआईले गुजरातको मुन्द्रा बन्दरगाहमा सेप्टेम्बर १५ दिन सो हेरोइन पक्राउ गरेको हो।यससँग सम्बन्धित दुई जनालाई गिरफ्तार गरिएको र अनुसन्धान जारी रहेको बताइएको छ।

अफगानिस्तानबाट टाल्क स्टोन भएको कन्टेनरमा राखेर सो लागूऔषध इरान हुँदै गुजरात आइपुगेको बताइएको छ।


५ असोज २०७८, मंगलवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु