punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कञ्चनपुरको राजमार्ग क्षेत्रमा सीसी टिभि क्यामेराको निगरानी

Chaupati
safha napa

सवारी दुर्घटना न्युनिकरण संगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सहज गराउनका लागी सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरका बिभिन्न ठाउँमा सीसी टिभि क्यामेरा जडान गरेको छ । कैलाली र कञ्चनपुरका १ सय ३८ स्थानमा सीसी टिभि क्यामेरा जडान गर्दै आजबाट सञ्चालनमा ल्याइएको हो ।

कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहन अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ईलाका प्रहरी कार्यालय अत्तरियामा एक कार्यक्रमको आयोजना गर्दै सीसी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले क्यामेराको सुभारम्भ गर्दै प्रहरीलाई हस्तान्तरण गरेकी हुन् ।

सुदूरपश्चिममा पहिलोपटक यति ठूलो संख्यामा सीसी क्यामेरा जडान गरिएको हो । प्रदेश सरकारले जडान गरेको सीसी क्यामेराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको कानून मन्त्री जोशीले बताइन् । उनले सवार दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न सहज हुनेसमेत विश्वास व्यक्त गरिन् ।

‘अहिले यहाँ दुर्घटना गरेर फरार हुने घटना बढिरहेको छ, अब प्रहरीले यस्ता फरार भएकाहरूलाई सजिलै पक्राउ गर्ने छ’ मन्त्री जोशीले भनिन्, सीसी क्यामेरा जडान भएपछि प्रहरीको डरले आपराधिक क्रियाकलाप कम हुनेछ ।’

प्रहरीलाई आवश्यक पर्ने सवारी साधन तथा अन्य श्रोत साधन उपलब्ध गराउने बिषयमा प्रदेश सरकार कटिबद्ध छ उनले भनिन् ‘यो भन्दा अघी प्रहरीलाई सवारी साधन उपलब्ध गरेका थियौँ अहिले अपरान अनुसन्धानमा सहज होस भनेर सीसी टिभि क्यामेरा जडान उरेका छौँँ प्रहरीलाई धेरै काममा अब सहज हुने छ ।’

मन्त्रालयले एक करोड ७३ लाख रुपैयाँमा सीसी क्यामेरा खरिद गरेको हो । सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको छ ।

सीसी क्यामेरा जडानपछि ‘हिट एन्ड रन’का घटना कम हुने अपेक्षा प्रहरीले गरेको छ । कैलालीमा दुर्घटना गरेर भाग्ने र दोषी पक्राउ नपर्ने लगायतका घटनाहरूको अनुसन्धानमा सहज हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पुरुषेत्तम कँडेलले बताए ।

यसअघि पनि कैलालीका केही स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो । तर, तीमध्ये अधिकांश सीसी क्यामेरा अहिले प्रयोगविहीन अवस्थामा छन् । क्यामेराको रेखदेख प्रभावकारी नहुँदा यसअघिका ती उपकरण प्रयोगविहीन भएका हुन् ।

प्रदेश सरकारले भने प्रदेश प्रहरी कार्यालयलाई यसको सुरक्षाको जिम्मा दिएपछि रेखदेख प्रभावकारी हुने र अपराध अनुसन्धानमा सहज हुने अपेक्षा लिइएको छ ।

 


३ असोज २०७८, आइतवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु