punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संविधानको पुर्नवहाली र राष्ट्रघाती एमसिसी खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन

Chaupati
safha napa

संविधानको पुर्नवहाली र राष्ट्रघाती एमसिसी खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्ला कार्यसमिती कैलालीले २०४७ सालको संविधान पुनःस्थापना गर, एससीसी खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको हो।

आइतबार दिउँसो १२ धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्‍याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले जानकारी दिए ।

देश साझा, राजा साझा, धर्म साझा भन्ने मुल नाराका साथ नेपालको संविधान २०४७ कार्यन्वयन गर्न साथै राष्ट्रघाती एमसीसी परियोजना खारेजका लागि जनदवाव सृजना गर्न प्रदर्शन गरिएको हो, भने।

असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको प्रावधान गलत भएको भन्दै बिरोध गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का केन्द्रीय सदस्य ललित जोशीले बताए।

प्रदर्शनमा संविधानप्रति असन्तुष्ट रहेका सयौं व्यक्तिहरुको सहभागिता रहेको उनले दाबी गरे। उनीहरुले ४७ सालको संविधान पुनस्स्थापना गर, एससीसी खारेज गरु लगायतका नारा लगाएका थिए।

पार्कमोडमा पुगेर कोण सभामा परिणत भएको विरोध र्‍यालीलाई पार्टीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामदुलारी चौधरी, केन्द्रीय सदस्य हेमबाबु लेखक, ललित जोशी, टेकराज पनेरु, दिपक मल्ल र मानसिंह साउद लगायतले सम्बोधन गरेको जनाइएको छ ।


३ असोज २०७८, आइतवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु