punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय कर्मचारी संगठनले ग¥यो दार्चुलाका बाढीपीडितलाई आर्थिक सहयोग

Chaupati
safha napa

दार्चुलाको दुहुँ गाउँपालिकामा आएको बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट आर्थिक सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ बाढी पहिरो पीडितलाई उपलब्ध गराई दिन भन्दै गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको हो ।

गत भदौ १३ गते आएको बाढी पहिरोले दुहँु गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी थिइन् ।

पहिरोले बस्तीमा क्षति पुगेपछि सामान्य पानी पर्दा पनि घर छाड्नु पर्ने अवस्था आएकाले उनीहरुलाई थोरै भए पनि राहत पुगोस् भनेर संकलित रकम कोषमा जम्मा गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत बलदेव कापडीले बताए ।

उनले भने,‘नेकपा माओवादी केन्द्रसँग आस्थावान् कर्मचारीहरुले आफूले सक्दो रकम संकलन गरेर सहयोग गरेका हौँ ।’बाढी तथा पहिरोले पीडित भएका स्थानीयलाई थोरै भए पनि घाउमा मल्हम होस् भन्ने उद्देश्यका आफूहरुले रकम संकलन गरी हस्तान्तरण गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुला अध्यक्ष आनसिंह डागाले बताए ।

उनले भने,‘दैवी प्रकोपमा अति जोखिम रहेको दार्चुलालाई सुदूरपश्चिम भरीका संगठनमा आवद्ध निजामती कर्मचारीहरुले गर्नु भएको सहयोगले अन्य कर्मचारीमा पनि हौसला प्रदान गरेको छ ।’

जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको रोहवरमा दुहु गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोविन्दसिंह डडाललाई संकलित रकमको चेक हस्तान्तरण गरिएको हो । आफूले बुझेको चेक स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरिने डडालले बताए ।


१ असोज २०७८, शुक्रवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु