विषालु सर्पले टोक्दा एक बालकको मृत्यु
अछाममा विषालु सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माका ११ वर्षीय बालक गणेश बुढाको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।
सोमवार बिहान करिब ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए ।
मृतक बालकलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
२८ भदौ २०७८, सोमवार १९:३४ बजे प्रकाशित













