एमाले सुदूरपश्चिम इन्चार्ज भट्ट विवादकै बिच कैलाली
नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेका छन् ।
सुदूरपशिचम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावल र भट्टविच विवाद चलिरहेकै वेला भट्ट कैलाली पुगेका हुन् ।
कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधी संग भेट गरेका छन् ।लेखराज भट्टका स्वकिय सचिव उद्धब भट्टराईले भोली (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बोरेमा छलफल भएले सोही छलफलमा सहभागि हुन भट्ट कैलाली पुगेका बताए ।
यसैगरी बुधबार कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्ज ज्यू कैलाली आउनु् भएकोहो, ’ स्वकिय सचिव भट्टराईले भने,‘दुई दिन सम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’
स्वकिय सचिब भट्टराईले एमाले सुदूरपशिचम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आउनु भएको बताए । ‘भोली एमालेको केन्द्रिय कमिटि बैठक छ,’ उनले भने,‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला तर अहिले इन्चार्ज उहाँनै हो, सुदूरपशिचममा इन्चार्जकै भुमिकामा आउनु भएको हो ।’
२८ भदौ २०७८, सोमवार १८:४२ बजे प्रकाशित













