भन्सार छलीका कपडा बरामद
कैलालीमा शसस्त्र प्रहरी बल बिओपी खक्रौलाले डेढ लाख रुपैयाँ बराबरका भन्सार छालीका कपडा बरामद गरेको छ ।
सोमबार बिहान ४ बजेको पूरानो भन्सार नजिक १०५ नं. पिल्लरबाट १ लाख साठ्ठी हजार बराबरको कपडा बरामद गरिएको बिओपी खक्रौलाका प्रमुख शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले बताए । उनका अनुसार साडी, सुट, धोतीलगायतका कपडा बरामद गरिएको छ ।
टीकापुरको श्रीलंका, कालाकुण्डा क्षेत्र र भजनीको कुसुमघाट, जसबहादुर घाट हिम्मतपुर, कौवाखेडालगायतका स्थानबाट अबैध रुपमा सामग्रीहरु नेपाल भित्रिने गरेका छन् ।
२८ भदौ २०७८, सोमवार १९:०९ बजे प्रकाशित













