वर्तमान सभापति पण्डितद्वारा पुन सभापतिको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ । सोही क्रममा नेपाली काँग्रेस बाजुराका प्रभावशाली नेता तथा नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले पुन बाजुरामा सभापतिको उम्मेदवारी रहने घोषणा गरेका छन् ।

जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सभापति पण्डितले पुन सभापतिमा दोहोरिने घोषणा गरेका हुन । पार्टीको बिधानतह मैलै एक पटक पुन पार्टीको सभापतिमा दोहोरिने आकाङ्क्षा रहेको कविराज पण्डितले बताएका छन् ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकाङ्क्षी बढ्न थाले सँगै बर्तामान सभापति पण्डितले पनि एक पटक पुनः सभापतिमा दोहोरिने र सभापतिको उम्मेदवारी रहने बताएका छन् ।

काँग्रेसको छैटौँ अधिवेशनमा निर्वाचित भइसकेका केही कामहरू अधुरो रहेकोले सो काम पुरा गर्न सभापति पण्डितले ७ औँ जिल्ला अधिवेशनमा आफू सर्व–सम्मत रूपमा सभापति हुने बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापती समेत रहेका नेता पण्डितले आसन्न १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा निर विरोध सभापतिको उम्मेदवारी रहेको बताएका छन् ।

नेपाली काँग्रेस बाजुरा जिल्लाको सभापतिका लागि आकाङ्क्षीहरू नखुले पनि भित्र भित्रै कसरत भने धेरै जनाले सुरु भइसकेको छ । धेरै जना मध्य आफू जिल्लामा निर विरोध सभापतिको उम्मेदवार रहेको सभापति पण्डितले बताएका छन् ।

आफूले जिल्लाको विकास सँगै पार्टी सङ्गठनहरू बलियो बनाउन गरेको प्रयासका आधारमा आफुलाइृ सभापति बन्न जिल्लाका सबै नेताहरूको जोड रहेको सभापति पण्डितले बताएका छन् ।

 


२६ भदौ २०७८, शनिवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु