माधवीको ‘बिझाउने पिरती’ : सुशीलको यादमा तड्पिइन् समिना (भिडिओसहित)
गायिका माधवी बगरको म्युजिक भिडिओ ‘बिझाउने पिरती’ सार्वजनिक भएको छ । म्युजिक भिडिओ सामना म्युजिक क्रियसन युटुव च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।
माधवी र डबल ताडीको स्वरमा सजिएको गीतको भिडिओमा कलाकार सुशीलजङ्ग कुँवर र समिना बुढामगर मुख्य भूमिकामा छन् भने सुनिल लो र नरबहादुर साउकारको अभिनय पनि देख्न सकिन्छ ।
माया प्रेममा आधारित गीतमा शब्द र संगीत माधवीको आफ्नै छ । जिबी आग्रीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडिओ कैलालीको पर्यटकीय क्षेत्र हाटखोलीमा छायांकन गरिएको हो ।
२६ भदौ २०७८, शनिवार १५:१२ बजे प्रकाशित













