Hotel Flora Long Ad

बैतडीमा राना परिवारले तोेड्यो आमरण अनशन

बैतडीमा राना परिवाले अनशन तोडेका छन । जिल्ला समन्वय समिति बैतडीमा आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको हो ।

१४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र चार छोराछोरी सहित अनशन बसेका थिए ।

दशरथचन्द नगरपालिका वडा नम्बर–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन् ।रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन् ।


२६ भदौ २०७८, शनिवार १५:१६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु