punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादीको कार्यालय मीनभवनमा

Chaupati
safha napa

नेकपा ९एकीकृत समाजवादी० ले आगामी असोजदेखि काठमाडौं महानगरपालिका(३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ।उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायीरूपमा व्यवस्थापन गर्दै आएको छ।

पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ।

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इञ्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।

हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ।निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधी प्रदान गरेको छ।

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले एक साताभित्रमा दर्ता गरिने जनाइएको छ। रासस


२१ भदौ २०७८, सोमवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु