सनराइज बैंकले ल्यायो किस्तामा साइकल किन्न पाइने अफर

सनराइज बैंकले किस्तामा साइकल किन्न पाइने सुविधा ल्याएको छ । यो सेवा बैंकको धनगढी शाखामा पनि लागू गरिएको छ ।

बैंकको क्रेडिट कार्डमा किस्तामा साइकल खरिद गर्न पाइने सुविधा ल्याइएको बैंकका म्यानेजर धर्मसिंह बिष्टले जानकारी दिए । जसका लागि बैंकले धनगढीको कृष्ण ट्रेड हाउससंग सम्झौता गरिसकेको उनले बताए ।

किस्तामा साइकल खरिद गर्न चाहनेले कम्तीमा १५ हजार भन्दा बढी मूल्यको साइकल खरिद गर्नुपर्नेछ । यो सेवा दिँदा मूल्यको १० प्रतिशत ‘सर्भिस चार्ज’ काटिनेछ ।

‘क्रेडिट कार्डबाट किस्तामा साइकल खरिद गर्दा ‘सर्भिस चार्ज’बाहेक अन्य चार्ज लाग्ने छैन,’ म्यानेजर बिष्टले भने, ‘शून्य प्रतिशतमा बैंकले यो सेवा दिँदैछ ।’

पछिल्लो समय शहरी क्षेत्रमा मानिसहरु स्वस्थ तन्दुरुस्त रहन वा फेसनका लागि साइकलप्रति आकर्षित भइरहेका बेला त्यसलाई मध्येनजर गदै बैंकले यो सेवा सुरु गरेको उनले बताए ।


१७ भदौ २०७८, बिहीवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु