अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

उपचारका क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको बिहीबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो । तीन वर्षअघि अध्ययनका लागि भारत गएकी निशाको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्।

निशा घिमिरे संरक्षण कोषले दाहासंस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको थियो। उनलाई श्रद्धाञ्जली दिन कलाकार तथा चलचित्रकर्मीको उपस्थित थियो।

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको थियो । लामो समयदेखि घरमै उनी अचेत अवस्थामा थिइन् । उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी निःशुल्क उपचार सुरु गरेकी थिइन् ।

भोजपुरी फिल्मलगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी र म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् ।


१७ भदौ २०७८, बिहीवार १५:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु