punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सातै प्रदेशमा स्त्री तथा प्रसूतिरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्ने सरकारको तयारी

Chaupati
safha napa

सरकारले सातै प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरेको छ। सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबै प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर विशेषज्ञ सेवा विस्तार गर्न लागिएको बताएका हुन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने उनको धारणा छ। कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागी परेको बताए।

अस्पतालकी निर्देशक डा सङ्गीता कौशल मिश्राले अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’ प्रसूति सेवा चाँडै नै विस्तार सुरु गर्ने बताइन्। अस्पतालमा हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिँदै आएका छन्।

अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारणजस्ता सेवा उपलब्ध हुँदै आएको छ। अस्पतालमा अहिले ४८९ शय्या छन्।


१४ भदौ २०७८, सोमवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु