punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरा पर्वको अवसरमा १४ गते सार्वजनिक बिदा

Chaupati
safha napa

गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिइएको छ ।संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा दिएको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले २०७८ सालमा ६ दिन सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रदेश सरकारको निर्णयअनुसार भदौ १४ गते कृष्णजन्माष्टमी पर्व, भदौ २७ गते अटबारी पर्व (कैलाली र कञ्चनपुर), असोज ३१ गते (दशैँको थप एक दिन), पुस १८ गते भुवा पर्व (अछाम, बाजुरा र बझाङ), माघ २ गते (माघीको थप एक दिन) र चैत ११ गते खखडेहरा पर्व (कैलाली र कञ्चनपुर) मा सार्वजनिक बिदा दिइएको छ ।


१२ भदौ २०७८, शनिवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु