punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहना नदीमा बेपत्ता युवक खोज्न गोताखोर टोली खटाइयो

Chaupati
safha napa

कैलालीको मोहना नदीमा बगेर बेपत्ता भएका युवकलाई खोज्न गोताखोरको टोली खटाइएको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको हो।

नेपाल प्रहरीको टोलीले पनि खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

शुक्रबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना नदिमा बगेर बेपत्ता भएका थिए।

धनगढी उपमहानगर वडा नम्बर ३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि अहिले आवागमन बन्द छ। स्काई फोल्डिङ पुल पनि बाढीले बगाएको छ।

 


१२ भदौ २०७८, शनिवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु