कञ्चनपुरमा अवैध काठ बरामद
कञ्चनपुरमा अवैध सिमलको काठ बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका १० बाट बेवारिसे अवस्थामा सिमलको काठ बरममद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको प्रहरी चौकी निमुवाबाट खटिएको प्रहरी टोलीले अवैध ५ गोलिया काठ बरामद गरेर कारबाहीको लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको जनाएको छ।
११ भदौ २०७८, शुक्रवार १८:३० बजे प्रकाशित































