एमाले स्थायी कमिटी बैठक सुरु, नेपालको साथ छाडेका नेता सहभागी

नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी भएका छन्।

उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बैठकमा सहभागी भएका छन्। बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ।


८ भदौ २०७८, मंगलवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु