punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालको दल आयोगमा सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ: प्रचण्ड

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद विस्तार नहुने बताएका छन्।बुधबारदेखि नयाँ राजनीतिक परिस्थिति बनेको र नेता माधवकुमार नेपालले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेकोले उक्त दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने उनले बताए।

समाजवादी केन्द्रले बिहीबार गरेको ुएक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवादु अन्तर्क्रियामा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफलबारे पनि कुरा सुनाएका थिए।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ। अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ,’ प्रचण्डले भने, ‘आयोगमा दर्ता भएको पार्टीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ। त्यही दिनमा हुन्छ।’

उनले राजनीतिक दलसम्बन्धी अहिले ल्याएको अध्यादेशको बचाउ पनि गरेका छन्।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान विरोधी हुने गरी अध्यादेश ल्याउँदा विरोध गरिएको बताएका उनले अहिले संविधान र लोकतन्त्र रक्षा गर्न अध्यादेश ल्याइएको दाबी गरे।

‘सबै अध्यादेश उस्तै हो भनेर बडो आदर्शवादी कुरा सुनिएको छ। लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै हैन,’ उनले भने।

 


३ भदौ २०७८, बिहीवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु