punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीफन्टा नाकामा फेरि अर्को नेपालीको मृत्यु

Chaupati
safha napa

कैलाली–कञ्चनपुरसंग जोडिएको गौरीफन्टा नाकामा अर्को एक नेपालीको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।

बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसंग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस् भनेर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए । ‘वन गाउँ जान लागेकी दिदी सासुसंग नाकामै भेट भएको रहेछ,’ उनले भने, ‘भेट भएर कुरा गर्न सुरु गर्दागर्दै ढलेर बुहोस् भएको रहेछन् । हर्टअट्याक भएर मृत्यु भएको हो कि ?’

नाकामै ढलेर बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि चिक्सिकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।

गौरीफन्टा नाकामा दुई दिनअघि पनि भारतबाट आएका एक नेपालीको मृत्यु भएको थियो ।

 

 


३ भदौ २०७८, बिहीवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु