punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तान : नेपालीहरु उद्धारको पर्खाइमा, आफ्नो अवस्था जानकारी गराउन सरकारको आग्रह

Chaupati
safha napa

अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । उनीहरुले दूतावास र नियोगभित्र सुरक्षित भए पनि बाहिरको अवस्था डरलाग्दो भएको बताएका छन् ।ग्रिन जोन र रेड जोन क्षेत्र तोकिए पनि अरु नागरिकजस्तै नेपालीहरु पनि असुरक्षित रहेका त्यहाँ कार्यरत दाङका मेघराज भट्टराईले बताए ।

अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली युनियन, राष्ट्रसङ्घ, क्यानेडियन दूतावास, विश्व बैंक, बेलायती दूतावास, युरोपियन पुलिस, बरोन होटल, ग्रिन भिलेज लगायतमा नेपालीहरु कार्यरत छन् ।छिमेकी भारतसहित अरु देशले आफ्ना नागरिक फर्काउन थालेका छन् । दूतावासको सुरक्षामा खटिएका नेपालीहरु तिनै दूतावासले उद्धार गर्ने आशामा बसेको अफगानिस्तानमा कार्यरत खोटाङका यम वाइबाले बताए ।

यसैबीच सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा त्यस सरहका सदस्य रहने गरि कार्यदल गठन गरिएको हो ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरि दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।

यस्तै उद्धारका लागि भाइवर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ ।

काबुलमा रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरि सुरक्षित ठाउँमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार पनि गरेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीमा रहेको नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्याङ्क उपलब्ध गराउनसमेत परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।


३२ साउन २०७८, सोमवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु