punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल, देउबालाई दिए यस्तो सुझाव

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनबाट बाहिरिएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै बसेको विपक्षी गठबन्धनको बैठकमा पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै  एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नरहने बताएका हुन् ।

प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएकोको भन्दै पुर्नस्थापना भईसकेपछि गठबन्धन असान्दर्भिक भएको नेपाल पक्षको ठहर छ ।

एकलौटी रूपमा अघि नबढेर सबैलाई मिलाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्न उनले देउवालाई सुझाएका थिए ।


२८ असार २०७८, सोमवार २१:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु