कोरोना कालमा प्रभावकारी प्रधानमन्त्री रोजगार कार्यक्रम

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम बाजुरामा प्रभावकारी देखिएको छ । जिल्लाका नौंवटै स्थानीय तहमा सञ्चालन भएको रोजगार कार्यक्रमले विकास निर्माणसँगै रोजगारी सिर्जना गरेको स्थानीयले बताएका छन् ।

कोरोनाको कहरले भारतमा रोजगार गुमाएकाहरुका लागि यस कार्यक्रमले जिविकोपार्जनमा ठूलो सहयोग पुुगेको बुढिनन्दा नगरपालिका नगर प्रमुख पदमकुमार गिरीले बताए । कोरोनाले भारतमा काम नपाएर गाउँ फर्केका युवाहरुलाई गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएपछि काम मिलेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा योजनाहरु स्थानीय आवश्यकता अनुसार छनोट हुने गरेका छन् । काम गर्ने कामदार पनि बेरोजगार तथा कमजोर परिवारका ब्यक्तिहरु छनोट हुने गरेका छन् ।

बुढीनन्दा नगरपालिकामा आर्थिक बर्ष ०७७।०७८ मा २४ वटा योजनाहरु प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत निर्माण भएका छन् । उक्त परियोजना निर्माणका लागि नगरपालिकामा २ करोड १३ लाख ४ सय रहेको रोजगार संयोजक रमा कुमारी शाहीले बताइन् । योजनाहरुको निर्माण सँगै ४ सय १२ जनाले रोजगार पाएका छन् । दैनिक काम गरे बाफत ५ सय १७ पाएको संयोजक शाहीले बताइन् ।

बाजुरा जिल्ला मानव सुचाङ्क तथा गरिबीमा पुछारमा रहेको जिल्ला हो । यहाँ अधिकांश युवाहरु कामका लागि भारतमा जाने गर्छन् ।


२८ असार २०७८, सोमवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु