punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टी एकताको सन्देश भोलि दिन्छौँ : गोकर्ण विष्ट

Chaupati
safha napa

काठमाडौं । दुई समूहमा विभाजित नेकपा एमालेको एकताको सन्देश भोलि दिइने नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् । शनिबार सिंहदरबारमा एमाले एकता गर्न गठित कार्यदलको बैठकले एकताको सन्देश दिन नसकेपनि भोलिचाहीँ एकताको सन्देश दिएरै छाड्ने उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘हामी अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैन ।’

हिजो शुक्रबार १८ घन्टापछि सहमतिको बुँदाहरु थाहा हुने भनिएको थियो । तर, उक्त समयसीमा सकिए पनि एकताको सन्देश दिन कार्यदल असक्षम भएको छ । यद्यपि, भोलि जसरी भए पनि एकताको सन्देश दिइने विष्टले बताए ।

उनले भने, ‘गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्‍यौँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं । यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।’

पार्टीभित्र देखिएका असहज र असामान्य पस्थितिलाई मिलाउनुपर्ने भएकाले आज अन्तिम रुप दिन नसकिएको र भोलि त्सको समाधान हुने भन्दै एकताको सन्देश भोलि दिइने उनको भनाइ छ ।


२६ असार २०७८, शनिवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु