punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्झौता सकिन लाग्दा व्याँसमा बीओपी भवन निर्माण कार्य सुरु

Chaupati
safha napa

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम भर्खरै सुरु भएको छ । जिल्लाको व्याँस गाउँपालिकाको तिंकरमा भवन निर्माणका लागि भर्खरै समान ढुवानी गरिएको भने छ जगको काम सुरु भएको छ ।

असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अहिले सुरु भएको हो । भवन निर्माणका लागि हेलिकप्टरमार्फत समान ढुवानी गरेर निर्माण कार्य सुरु भएको छ ।

भवन निर्माणको ठेक्का पाएको धुलीखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले सम्झौता अवधि सकिनै लागेको बेला निर्माण काम थालेको छ । निर्माण व्यवसायी लालबहादुर बमले तिंकरमा यसअघि हिमपातका कारण समयमै ढुवानी गर्न नसकिएको बताए। ‘मंसिर पुष देखि चैत बैशाखसम्मै हिमपात भयो,’ उनले भने, ‘हिउँ परेको बेला त्यो क्षेत्रमा सामान ढुवानी गन अप्ठ्यारो भएको हुँदा निर्माण कार्य ढिलाई भएको हो ।’ समान ढुवानी भएसँगै तिंकरमा बीओपी निर्माणको काम अघि बढेको निर्माण व्यवसायी बमले बताए। उनका अनुसार यहाँ महिनाभित्रै प्रिफ्याबको एंगल सहितको भवन निर्माण हुनेछ ।

चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र प्रहरीको बीओपी राख्न लागेको हो । अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छांगरुमा भाडाकै घरमा बसेको छ । छांगरुमा अहिले निर्माणको काम भइरहे पनि तिंकरमा भने काम नै सुचारु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । छांगरुको गागामा पनि सशस्त्र प्रहरी भवन एक वर्षमा भुई तलामात्रै निर्माण भएको छ ।

निकै चिसो हुने यो क्षेत्रमा नेपाल प्रहरी पनि विगत देखि बस्दै आएको छ । सशस्त्र प्रहरी पनिसँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सरकासरले सशस्त्र प्रहरीलाई बाह्रैमास व्याँसमै राख्ने नीति लिएको छ ।


२६ असार २०७८, शनिवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु