धनगढीको क्याम्पस रोडमा निःशुल्क ‘लैगिंक मैत्री फिटनेस’ सेवा सुरू
धनगढी बजारमा व्यवसायीक तरिकाले फिटनेट केन्द्र स्थापना भएका छन्। तर लैगिंकमैत्री फिटनेश केन्द्र भने सञ्चालनमा आएको देखिदैन। धनगढी उपमहानगरपालिकाको लामो प्रयासपछि धनगढीमा पहिलो पटक लैगिंक मैत्री फिटनेश केन्द्र स्थापना भएको छ।
उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय नजिकै रहेको फिटनेश केन्द्र सोमवार (आज) देखि सञ्चालनमा आउन लागेको धनगढी नगर उप प्रमुख सुशिला मिश्र भट्टले बताईन्। धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडामा निःशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना भएको हो। कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढेको र शारीरिक व्यायाम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोहरुकाहरुलाई मध्येनगर गर्दै उपनगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।
यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बाताईन्। आईतवार उप प्रमुखले केन्द्रको अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उप प्रमुखले व्यायम केन्द्र लैंगिक मैत्री बनाउन उनले उपलव्ध फिटनेश सामाग्रीमा महिलाहरुको छुट्टै नेम प्लेट टाँस्न वडा अध्यक्ष नारायण बराललाई निर्देशन दिईन्। उनले सार्वजनिक स्थलमा महिलाहरुको लागि छुट्टै नेमप्लेट नटाँसे सम्म महिलाहरु आउन अप्थ्यारो मान्ने भएको नगरपालिकाले फिटनेस सामाग्रीमा महिला र पुरुष भनेर नेमप्लेट टाँस्न अनिवार्य रहेको बताईन्।
वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले झण्डै २५ लाखको लगानीमा उक्त केन्द्रमा लगानी लागेको बताए। फिटनेश केन्द्रमा फिटनेश सम्वन्धीका विभिन्न सामाग्री राखिएका छन्, अन्य भन्दा आधुनिक तरिकाको रहेको छ उनले भने,‘ एक जना फिटनेशको लागि प्रशिक्षक र विस्तारै योग अभ्यासका लागि पनि प्रशिक्षक राख्ने तयारी गरेका छौं।’ धनगढी उपमहानगरपालिकाले अन्य वडामा पनि फिटनेश केन्द्र बनाईरहेको छ। सोमबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले फिटनेश केन्द्रको उद्घाटन गर्ने छन्।
२१ असार २०७८, सोमवार १०:१९ बजे प्रकाशित













