कैलालीमा ब्राउन सुगरसहित २ जना पक्राउ
कैलाली प्रहरीले जिल्लाको घोडाघोडीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ।
घोडाघोडी नगरपालिका १ सुखडका २३ वर्षीय विशाल थापा र वडा नम्बर १ शानिनगरका १९ वर्षीय श्याम मगर पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट ९ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर, ८९ हजार ५ सय नेपाली पैसा, २३ हजाार ५०० हहजार भारतीय पैसा र ४ थान मोवाइल फेला पारेको जनएको छ।
उनीहरुलाई जिल्ला अदाालत कैलालीबाट म्याद थपगरी अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीला प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
२१ असार २०७८, सोमवार ०७:४८ बजे प्रकाशित













