बैतडीको सिगासमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको सिगासमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी,सोही ठाँउकै ४५ बर्षीय मानसिंह साउँद र ६४ बर्षीय रामसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।


२० असार २०७८, आइतवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु