आज चार प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं  : मनसुनी  वायुको  प्रभाव र तराई भू-भाग नजिक  रहेको मनसुनी न्युन चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रहेको छ। प्रदेश  १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार: दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार: दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


२० असार २०७८, आइतवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु