punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा दुई महिनापछि सार्वजनिक सवारीसाधन चले

Chaupati
safha napa

कैलालीमा दुई महिनापछि सार्वजनिक सवारीसाधन चलेका छन् । आजदेखि कैलालीमा जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएपछि सार्वजनिक सवारी चलेका हुन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा सार्वजनिक सवारी साधन जोर– बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेपछि दुई महिनापछि सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् ।

गत वैशाख १६ गतेदेखि लकडाउन भएप्छि सार्वजनिक सवारी साधान बन्द रहेका थिए । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ ।


१६ असार २०७८, बुधवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु